२२ जेठ २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

चैत २७, २०८१
काठमाडौं
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिरहामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । 

धनगढीमाई नगरपालिका-७ कसाहा चोकस्थित सडकमा बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र स ५ प ७७४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

बुधबार बिहान भएको दुर्घटनामा बा ४४ प १५६१ नम्बरको मोटरसाइकल चालक सुखीपुर नगरपालिका-८ बस्ने ३० वर्षीय जय कुमार गिरी र स ५ प ७७४० नम्बरको मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय सन्तोष कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको आरके मेटिसिटी अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको  । 

साथै, दुर्घटनामा घाइते भएका स५ प ७७४० नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्