०५ साउन २०८३, मंगलबार
चारदेशीय टी–२० आई सिरिज

कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य

चैत २८, २०८१
काठमाडौं
कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको हो । 

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए । बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधवार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो ।

यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्