
हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध नेपालका दुवै ओपनर ब्याटरले अर्धशतक बनाएका छन् । १८६ रनको लक्ष्य पछ्याएको नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक बनाएका हुन् । आशिफले ३४ बलमा ५० रन पूरा गरे । त्यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे । अर्धशतक बनाएर उनी आउट भएका छन् ।
त्यसअघि भुर्तेलले अर्धशतक पूरा गरेका थिए । भुर्तेलले ३० बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा उनले पाँच चौका र ४ छक्का प्रहार गरे ।
नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ । कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए । बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।
पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, सिरिजको दोस्रो खेलमा बुधवार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो ।
यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् ।