११ साउन २०८३, सोमबार

दीपक बोहराको निधनपछि संसद्ले निकाल्यो रिक्तता सम्बन्धी सूचना

चैत २८, २०८१
काठमाडौं
दीपक बोहराको निधनपछि संसद्ले निकाल्यो रिक्तता सम्बन्धी सूचना

प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि संसद्ले स्थान रिक्तताको सूचना निकालेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)तर्फबाट निर्वाचित बोहराको यही चैत १९ गते निधन भएको थियो । बिहीबार संघीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेले सूचना जारी गर्दै स्थान रिक्तताको जानकारी दिएका हुन् । 

‘नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान  रिक्त हुन आएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्