३१ जेठ २०८३, आइतबार

बुटवल-नारायणगढ सडकको दाउन्ने खण्ड अवरुद्ध

चैत २८, २०८१
काठमाडौं
बुटवल-नारायणगढ सडकको दाउन्ने खण्ड अवरुद्ध

 निर्माणाधीन बुटवल-नारायणगढ सडकको दाउन्ने खण्ड वर्षाका कारण अवरुद्ध भएको छ ।  सडक हिलाम्य भएसँगै यातायात अवरुद्ध भएको हो ।

वर्षाले बाटो अवरुद्ध हुँदा हजारौँ यात्रु बाटोमा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय, दुम्कीबासले  हिलोले गर्दा उकालोमा गाडी चल्न नसक्दा दिनभर समस्या भएको बताए । 

‘पानी परेर दाउन्ने मन्दिर नजिकै पुगेको गाडी वान वे मा फसेपछि अहिले बाटो अवरुद्ध छ’ एक प्रहरी अधिकृतले भने, ‘भर्खर गाडी निकाल्न क्रेन गएको छ । क्रेनले गाडी निकाल्ने र हिलाम्य ठाउँमा बाटो बनाएर खुलाउने प्रयास अघि बढेको छ ।’

दाउन्ने खण्डमा बाटो छिटो निर्माणका लागि भनेर बिहीबारदेखि लागू हुने गरी बिहान ११ बजेदेखि ३ बजेसम्म बन्द हुने र आउँदो नयाँ वर्ष २०८२ वैशाख १ गतेदेखि राति ११ देखि ५ बजेसम्म सडक बन्द गरेर काम गर्ने बुटवल नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ । विगत लामो समयदेखि दाउन्ने खण्डमा सडक जाम हुँदा दैनिकजसो यात्रुले दश घण्टासम्म ट्राफिक जामको सास्ती खेप्दै आएका छन् । 

इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर दीपेन्द्र बानियाले दाउन्ने मन्दिरदेखि दुम्कीबास खण्डमा समस्या रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्