२६ असार २०८३, शुक्रबार

बुटवलमा एमालेको जागरण सभा, ओलीले सम्बोधन गर्ने

चैत २९, २०८१
बुटवल
बुटवलमा एमालेको जागरण सभा, ओलीले सम्बोधन गर्ने

देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा (एमाले)ले आज (शुक्रबार) बुटवलमा लुम्बिनी प्रदेश स्तरीय जागरण सभा गर्ने भएको छ । 
रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा हुने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समबोधन गर्ने कार्यक्रम छ । सभामा अध्यक्ष ओलीसहित उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमाले प्रचार विभाग रूपन्देहीले बिहीबार पत्रकार सम्मेलनगरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीको र्‍याली गरिने एमाले, रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । ‘यो सभा एमालेको मात्र होइन,’ अध्यक्ष गैरेले भने, ‘आयोजना एमालेको भए पनि गणतन्त्र पक्षधर शक्तिको हो । सभामा हजारौं नागरिक सहभागी हुनेछन् ।’

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान अभियान एमालेले चलाएको बताइन् । 
प्रतिगामी गतिविधिविरूद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अघि बढ्ने अर्यालको भनाइ छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्