०८ साउन २०८३, शुक्रबार

तास्मानियामा रास्वपा समर्थक प्रवासी नेपाली समिति गठन

चैत २९, २०८१
काठमाडौं
तास्मानियामा रास्वपा समर्थक प्रवासी नेपाली समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट रहेको अष्ट्रेलियाको प्रवास नेपाली सम्पर्क विभागले तास्मानियामा समिति गठन गरेको छ। रवि सिंह विष्टको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । 

कैलेंद्र दसौदीलाई उप राज्य प्रमुख र रुमी गोतामेलाई सचिवको जिम्मेवारी दिइएको छ । यसैगरी शिशिर ढुंगानाले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

समितिको उद्देश्य तास्मानियामा बसोबास गर्ने नेपाली समुदायका हकहितको संरक्षण, आपसी एकता प्रवर्द्धन, नेपाली संस्कृति जगेर्ना तथा सामाजिक समृद्धिमा योगदान पुर्‍याउने रहेको समितिका कोषाध्यक्ष ढुंगानाले जानकारी दिए । 

समिति गठन कार्यक्रममा रास्वपाका संघीय सांसदहरू चन्दा कार्की र गणेश पराजुलीले भर्चुअल्ली उपस्थिति जनाएका थिए । उनीहरूले प्रवासमा बसेका नेपालीहरूलाई नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा सकृय सहभागिताका लागि प्रेरित गर्ने खालका विचारहरू प्रस्तुत गरेका थिए।

केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वास भट्टराईले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि, सहभागी र सम्पूर्ण तास्मानिया समुदायप्रति आभार प्रकट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्