०२ असार २०८३, मंगलबार

एमाले सांसद सूर्य थापालाई मध्यरातमा धम्की दिने व्यक्ति पक्राउ

चैत २९, २०८१
काठमाडौं
एमाले सांसद सूर्य थापालाई मध्यरातमा धम्की दिने व्यक्ति पक्राउ

नेकपा एमालेका सांसद सूर्यबहादुर थापालाई बिहीबार मध्यरातमा धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

रुपन्देहीस्थित सैनामैना नगरपालिका–११ सालझण्डी बस्ने प्रदीप पन्तलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । 

सांसद थापालाई पन्तले राति ११ बजेर ४६ मिनेटमा ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ उल्लेख गरेर म्यासेज पठाएका थिए । 

कन्सल्टेन्सीमा प्राविधिको काम गर्ने पन्तको पारिवारिक राजीतिक पृष्ठभूमि एमाले रहे पनि पन्तले डा. निकोलश भुसाल निकट रहेको हाम्रो नेपाल पार्टीमा आवद्ध थिए । 

उनी २०७९ मा रुपन्देही क्षेत्र नम्बर २(ख) अन्तर्गत लौरो चिन्हमा चुनाव उठेका थिए । त्यतिबेला उनले ६ हजार नौ सय ६२ मत ल्याएर तेस्रो स्थानमा परेका थिए । 

पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका कर्मचारीलाई समेत थापालाई जस्तै म्यासेज पठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्