०५ असार २०८३, शुक्रबार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चैत २९, २०८१
काठमाडौं
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका– ५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, हेटौंडा–धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १६ गुरुधामचोकमा स्कूटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।​

ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा प०३–०४ प ९५२६ नम्बरको स्कूटरको ठक्करबाट पैदलयात्री स्थानीय ७६ वर्षीय अनिरुद्र बाँस्ताकोटीको मृत्यु भएको अर्यालले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते बास्ताकोटीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा गएराति मृत्यु भएको हो ।

सोही दुर्घटनामा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका– १७ ठूलोगँगटे निवासी २७ वर्षीय सन्दिप थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्