०९ असार २०८३, मंगलबार

भारतको बिहार र उत्तर प्रदेशमा चट्याङ लागेर ६० जनाको मृत्यु

चैत २९, २०८१
काठमाडौं
भारतको बिहार र उत्तर प्रदेशमा चट्याङ लागेर ६० जनाको मृत्यु

चट्याङ, आँधीबेहरी र वर्षाका कारण भारतको बिहार र उत्तर प्रदेशमा ६० जनाको मृत्यु भएको छ ।

बिहारमा ३८ र  उत्तर प्रदेशमा २२ गरी ६० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । 

बिहारको आधिकारिक तथ्याङ्क अनुसार बिहीबार नालंदामा १८, सिवानमा २, कटिहारमा १, दरभंगामा १, बेगुसरायमा १, भागलपुरमा १ र जेहानाबादमा १ जनाको मृत्यु भएको हो । 

तथ्याङ्क अनुसार, बेगुसरायमा ५, दरभंगामा ४, मधुबनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । 

बिहारका मुख्यमन्त्री नीतीश कुमारले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

उत्तर प्रदेशको राहत आयुक्तको कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार बिहीआार कुल २२ जनाको ज्यान गएको हो । 

चट्याङका कारण फतेहपुर, आजमगढ, फिरोजाबाद, कानपुर देहात, सीतापुर, गाजीपुर, गोंडा, अमेठी, सन्त कबीर नगर र सिद्धार्थ नगर जिल्लामा जनधनको क्षति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्