२३ असार २०८३, मंगलबार
तीनकुने घटना

दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय पुर्‍याइयो

चैत २९, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय पुर्‍याइयो

काठमाडौंको तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ ।

झापा भद्रपुरबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौं हुँदै सरकारी वकिलको कार्यालय पुर्‍याइएको हो ।

चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनको जनकमान्डर भनिएका प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न म्याद थप गर्ने तयारी छ ।

उनलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई लगाइएको अभियोगमै अदालतबाट म्याद लिने तयारी प्रहरीले गरेको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहराका अनुसार प्रसाईंविरुद्ध प्रारम्भमा राज्यविरुद्धको कसुर र संगठित अपराधमै म्याद थप हुने र पछि अन्य अपराधमा अनुसन्धान गर्न म्याद लिइने छ ।

उनलाई तीनकुने घटनाको मुख्य योजनाकारको रूपमा अनुसन्धान अघि बढ्ने जानकारी प्रहरीले दिएको छ । प्रहरीलाई 'मारौँला झैँ' गरेर गाडी हाँकेका प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनले नै ज्यान मार्ने उद्योगमा अनुसन्धान हुनेछ ।

‘तीनकुनेको प्रदर्शनको तयारी देखि प्रदर्शन हुने दिन प्रसाईंले गरेका अराजक गतिविधि र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी उनले नै लिनुपर्ने देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘घर तथा गाडी तोडफोड, आगजनी र प्रदर्शनकै कारण दुई जनाको मृत्यु भएको जिम्मेवारी पनि प्रसाईं आफैंले लिनुपर्छ ।’

परिसरका प्रवक्ता बोहराका अनुसार प्रसाईंविरुद्ध आएका उजुरीको रुजु गर्दै पूरक जाहेरीको रूपमा अनुसन्धान हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्