०१ असार २०८३, सोमबार

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

चैत २९, २०८१
महोत्तरी
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

महोत्तरीको बलवा नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नम्बर ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका  स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन् ।

धमौरा स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए । उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुस्लिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् ।

यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्य चौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्य चौकी इन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल वृहत् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलास गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् । 

क्षयरोग चुरोट, बिँडी र धूमपान, धुवाँधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो ।

यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रूप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्