
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । शुक्रबार सेन्ट पिटर्सबर्गमा भएको बैठक चार घण्टाभन्दा बढी समय चलेको बीबीसीले जनाएको छ ।
बैठकमा युक्रेनसँगको युद्धबारे छलफल भएको समाचारमा उल्लेख छ ।
रुसमा भएको यो बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा रुस-युक्रेन युद्धबारे एउटा पोस्ट गरेका थिए।
ट्रम्पले लेखेका थिए, 'रूसले कदम चाल्नु आवश्यक छ। धेरै मानिसहर हरेक हप्ता भयानक र अर्थहीन युद्धमा मरिरहेका छन् - एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो र यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन ।'