०४ असार २०८३, बिहीबार

करेन्ट लागेर झापामा एक जनाको मृत्यु

चैत ३०, २०८१
झापा
करेन्ट लागेर झापामा एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

शनिबार बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर कनकाई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्