
हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खला जित्न कुवेतले नेपाललाई १७५ रनको मध्यम दिएको छ ।
मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
कुवेतका ओपनर रवीजाले सर्वाधिक ६३ रन बनाए ।
यस्तै, क्लिन्टो एन्टोले २४ बलमा २६ रन बनाए ।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।