०३ असार २०८३, बुधबार

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने सर्वोच्चको आदेश

चैत ३१, २०८१
काठमाडौं
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने सर्वोच्चको आदेश

उच्च अदालतले थुनामा पठाउन गरेको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । 

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालतको कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । सोही आदेश बमोजिम रवि हाल भैरहवा कारागारमा छन् । 

त्यसअघि रूपन्देहीले जिल्ला अदालतले १ करोड धरौटीमा मुद्दाको पुर्पक्ष गर्न आदेश गरेकोमा उच्चले त्यसलाई उल्ट्याउँदै कारागार पठाएको हो ।

आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै रविका तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा मा निवेदन दर्ता भएको थियो । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्