२६ असार २०८३, शुक्रबार

१८० किलोग्राम गाँजा बरामद

बैशाख १, २०८२
उदयपुर
१८० किलोग्राम गाँजा बरामद

 उदयपुर प्रहरीले १८० किलो अवैध गाँजा बरामद गरेको छ ।   बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
  
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । 
    उक्त गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको र संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त गाँजा  गएराति बरामद भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्