३० असार २०८३, मंगलबार

जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आकलन

बैशाख १, २०८२
काठमाडौं
जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आकलन

गत चैत मसान्तसम्ममा जाजरकोट भूकम्पबाट प्रभावित निजी आवासको क्षति आकलन गरिएको छ ।

राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आकलन गरिएको विवरण आफ्नो प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले अझै क्षति आकलनको काम भने जारी रहेको बताए ।

अब नयाँ वर्षसँगै जाजरकोट भूकम्पबाट क्षतिग्रस्त थप निजी आवासको क्षति आकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको उनले जानकारी दिए ।

यसका लागि हालै मात्र प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कूल अफ इन्जिनियरिङका डिन सहप्राध्यापक डा राजन सुवालले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आकलनका लागि ८५ जना प्राविधिक बाँकी स्थानीय तहहरूमा खटाउने छ । 

यसअघि, विस्तृत क्षति आकलनका लागि प्राधिकरण र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भई विस्तृत क्षति आकलन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्