२२ असार २०८३, सोमबार

आन्दोलनरत शिक्षकका अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल

बैशाख २, २०८२
काठमाडौं
आन्दोलनरत शिक्षकका अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका अगुवासँग छलफल थालेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपानमा मंगलबार बिहान महामन्त्रीद्वय थापा र शर्माले शिक्षक महासंघका पदाधिकारीलगायत अगुवाहरूसँग छलफल गरेका हुन् । 

शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले पहलकदमी लिनेगरी छलफल भएको केन्द्रीय कार्यालयले जनाएको छ । 

गत चैत २० देखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्