१३ असार २०८३, शनिबार

शहीद तथा बेपत्ता व्यक्तिका परिवारसँग प्रचण्डको भेट

बैशाख २, २०८२
काठमाडौं
शहीद तथा बेपत्ता व्यक्तिका परिवारसँग प्रचण्डको भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद तथा बेपत्ता व्यक्तिका परिवारजनसँग भेट गरेका छन् ।

हुलाकी लोकमार्ग केन्द्रित तराई मधेश जागरण अभियानमा रहेका प्रचण्डलगायतका नेताहरूले मंगलबार कावासोतीमा शहीद तथा बेपत्ता व्यक्तिका परिवारजनसँग भेट गरेका हुन् ।

भेटमा उनले परिवारजनको अवस्थाबारे जानकारी लिनुका साथै सहानुभूति तथा सम्मान व्यक्त गरे । 

माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट फेरि शुरू भएको छ ।

झापाबाट शुरू भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्