१३ असार २०८३, शनिबार

टिपरको ठक्करबाट काभ्रेमा चार वर्षीया बालिकाको मृत्यु

बैशाख २, २०८२
काठमाडौं
टिपरको ठक्करबाट काभ्रेमा चार वर्षीया बालिकाको मृत्यु

टिपरको ठक्करबाट काभ्रेपलाञ्चोकमा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब सवा ३ बजेतिरको समयमा पाँचखाल नगरपालिका-३ चापेपिपलबोटस्थित भित्री सडक खण्डमा बा.प्र. ०१-००४ क १८४५ नम्बरको टिपरले  ४ वर्षीया आरिका परियारलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई पाँचखाल पोलिक्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा अस्पतालले ४:४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डीएसपी मीनबहादुर घलेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्