प्रधानसेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित मध्य-पूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । उनले मंगलबार दुई पृतनाको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणका दौरान प्रधानसेनापतिले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुका साथै आवश्यक निर्देशनसमेत दिएका थिए ।
नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले सकलदर्जालाई सम्बोधनसमेत गरेका थिए ।