०३ साउन २०८३, आइतबार

लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण

बैशाख ३, २०८२
काठमाडौं
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
फाइल तस्वीर

लुक्लाबाट रामेछाप जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ । 

सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गराइएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए । 

जहाजमा १४ जना यात्रु थिए । यात्रुहरू सकुशल रहेको उनले बताए ।

प्रवक्ता शेर्पाका अनुसार जहाजको ​हाइड्रोलिकमा समस्या देखिएको थियो । अब प्राविधिक जाँच हुनेछ । 

जहाज अवतरण गराउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच मिनेट उडान र अवतरण अवरुद्ध भएको थियो । अहिले भने उडान-अवतरण नियमित भैसकेको शेर्पाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्