०५ असार २०८३, शुक्रबार

छुट्टाछुट्टै स्थानमा २ जना मृत फेला

बैशाख ३, २०८२
काठमाडौं
छुट्टाछुट्टै स्थानमा २ जना मृत फेला

रोल्पा र इलाममा २ जना मृत फेला परेका छन् ।

रोल्पाको माडी गाउँपालिका- ६ लाप्चुङ कोला घैरा बस्ने ४३ वर्षीया सुस्मिता घर्ती मगर सोही गाउँपालिका- ५ वली खोलामा मृत फेला परेकी हुन् । उनी मंगलबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।

यस्तै, इलामको सूर्योदय नगरपालिका- ११ परिवर्तनशील टोल बस्ने ५५ वर्षीया फूलमाया दर्जी सोही ठाउँस्थित खोल्सामा मंगलबार मृत फेला परेकी हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्