१४ असार २०८३, आइतबार

सुनिता डंगोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन

बैशाख ३, २०८२
काठमाडौं
सुनिता डंगोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका हुन् । त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन् । 

डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हबको सदस्य थिइन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन् । समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन् ।

फोरमले उपप्रमुखको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेबसाइटमा लेखेको छ, ‘उहाँ युवाहरूलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’

विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको उनले बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्