०४ साउन २०८३, सोमबार

विमानस्थलमा यात्रुलाई दुर्व्यवहार भएको घटना : ३ प्रहरीमाथि छानबिन शुरू

बैशाख ३, २०८२
काठमाडौं
विमानस्थलमा यात्रुलाई दुर्व्यवहार भएको घटना : ३ प्रहरीमाथि छानबिन शुरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीन जना प्रहरीमाथि घटनाको छानबिन थालिएको जानकारी दिए ।

दुबईबाट काठमाडौं आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

'उक्त घटनामा देखिएका प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाएर छानबिन थालेका छौं, छानबिनपछि यकिन कुरा आउँछ,' तामाङले भने ।

ट्रली बाहिर ल्याएको विषयमा विमानस्थलकै कर्मचारीसँग विवाद भएको र त्यसपछि विवाद भएको जनाइएको छ । सामाजिक सञ्जालमा प्रहरीको व्यवहारको आलोचना भइरहेको छ ।

उनी वैदेशिक रोजगारीबाट फर्कने क्रममा विमानस्थलमा भन्सार जाँच पासपछि उक्त घटना भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्