०६ असार २०८३, शनिबार

वीरगञ्जको सद्भाव खल्बल्याउनेमाथि कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

बैशाख ३, २०८२
काठमाडौं
वीरगञ्जको सद्भाव खल्बल्याउनेमाथि कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जमा शोभा यात्राका क्रममा सृजना भएको तनाव र विकसित घटनाक्रमप्रति चासो व्यक्त गरेका छन्।

हनुमान जयन्तीको अवसरमा गएको शनिबार वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसबाट विकसित घटनाक्रमहरूप्रति चिन्ता व्यक्त गर्दै उनले घटनामा संलग्नहरूलाई तत्काल कारबाही गर्न निर्देशन समेत दिए । 
आज मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुप्ताले भने, ‘कुनै तवरले सामाजिक सद्भावमा खलबल पुर्‍याउने कार्य दूर्भाग्यपूर्ण रहेको छ । साम्प्रदायिक विद्वेषको कुरूप, उपद्रवी र सङ्कीर्ण मनोदशाबाट माथि उठी आपराधिक कू–कृत्यमा संलग्न जोसुकैलाई उचित छानबिन गरी कानूनी दायरामा ल्याउन समेत प्रहरी प्रशासनलाई कडा निर्देशन दिएको छु ।’

उनले घटनापछि दुवै समुदायबीच अलग–अलग तथा सर्वदलीय बैठक बसी घटनाका बारेमा गरिएको गम्भीर समीक्षा र त्यसपछि गरिएको पाँच बुँदे सहमति अनुसार दोषीको पहिचान, अनुसन्धान तथा कारबाहीका लागि आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्