
सर्लाहीको लालबन्दी नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा करिब २४४ किलोग्रामसहित सोही नगरपालिका-१ नवलपुर बस्ने २५ वर्षीय सुशील चौधरी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरामुनि लुकाई-छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
पक्राउ परेका चौधरी सोही जीपका चालक हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।