०४ साउन २०८३, सोमबार

ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू

बैशाख ४, २०८२
काठमाडौं
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू

बुधबार आगलागी भएको नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू भएको छ । आगलागीबाट क्षतिग्रस्त संरचना मर्मतपछि विद्युत आपूर्ति शुरू भएको प्राधिकरणले जनाएको छ । 

धनुषास्थित ढल्केबर सबस्टेसनमा बुधबार दुईपटक आगलागी भएको छ । नेपालको विद्युत् प्रणालीको ‘मुटु’ मानिने प्रमुख सबस्टेसनमा बुधबार बिहान र दिउँसो भएको छुट्टाछुट्टै आगलागीमा परेर १३२ केभी र ३३ केभीका ट्रान्सफर्मर, केबल र अन्य उपकरणमा क्षति पुगेको थियो । 

यसले सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, चन्द्रनिगाहपुर, हेटौंडा र नवलपुरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

बुधबार बिहान करिब ७:३० बजे पहिलोपटक आगलागी भएको थियो । प्राधिकरणका अनुसार, १३२/३३ केभीको करेन्ट ट्रान्सफर्मर (सिटी)मा अत्यधिक विद्युत् प्रवाह (ओभरलोड)का कारण विस्फोट भएर आगलागी शुरू भएको थियो । 

दोस्रो घटना बुधबार दिउँसो करिब १:३० बजे भएको थियो । ढल्केबर नगरपालिकाको नजिकै रहेको डम्पिङ साइटमा शुरू भएको आगो सबस्टेसनसम्म फैलिएको प्राधिकरणले जनाएको छ । 

यो आगलागीले १३२ केभीको ट्रान्सफर्मर, ब्रेकर र केबलमा गम्भीर क्षति पुर्‍याएको थियो । 

बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनको अध्ययन तथा निरीक्षण गर्न पुगेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्