३० जेठ २०८३, शनिबार

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, अटाइनन् सुमना [सूचीसहित]

बैशाख ४, २०८२
काठमाडौं
रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, अटाइनन् सुमना [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ । 

बिहीबार बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेशमा इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

सात प्रदेशमध्ये रास्वपाले एक प्रदेशमा मात्र महिला इन्चार्ज खटाएको छ । हालै सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठ भने अटाएकी छैनन् । 

प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकिएको झाले बताए ।

उनका अनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियारलाई तोकिएको छ । मधेश प्रदेशमा मनिष झा,  बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल इन्चार्ज तोकिएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्जमा हरि ढकाल तोकिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्