०२ साउन २०८३, शनिबार

रास्वपा बैठकमा सुमनाले भनिन्- रवि लामिछानेसमक्ष राजीनामा बुझाएकी हुँ

बैशाख ४, २०८२
काठमाडौं
रास्वपा बैठकमा सुमनाले भनिन्- रवि लामिछानेसमक्ष राजीनामा बुझाएकी हुँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं सहमहामन्त्री सुमना श्रेष्ठले सभापति रवि लामिछानेसमक्ष राजीनामा बुझाएको बताएकी छन् ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा उनले यसबारे जानकारी गराएकी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री सुमना श्रेष्ठज्यूको सहमहामन्त्रीको पदबाट सभापति रवि लामिछानेज्यूलाई राजीनामा बुझाएकोबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराउनुभयो’, झाले भने ।

सहकारी ठगी मुद्दा लागेपछि लामो समय पार्टी राजनीतिमा सक्रिय नभएका लामिछाने चैत १८ गते पार्टी बैठकमा उपस्थित भएका थिए । त्यसको पाँच दिनपछि चैत २२ गते उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनी सोही दिन बेलुका पक्राउ परेका थिए ।

सुमनाले रवि पक्राउ पर्नुअघि नै आफूले राजीनामा बुझाइसकेको केन्द्रीय समिति बैठकलाई जानकारी गराएकी छन् । 

‘यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापतिज्यूले बैठकलाई जानकारी दिनुभयो’, झाले भने । 

salt training

कमेन्ट गर्नुहोस्