
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय समिति बैठकमा आफ्नो उपस्थिति बढाउन थालेका छन् ।
संसद् र संसदीय समितिका बैठकमा बिरलै उपस्थित हुने उनी शुक्रबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक सहभागी बनेका हुन् ।
संसद् सचिवालय सिंहदरबारमा शुक्रबार बिहान बसेको बैठकमा देउवा उपस्थित बने पनि खासै बोलेनन् ।
यसअघि गत चैत २१ गते बिहीबार पनि उनी कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उपस्थित भएका थिए । उक्त बैठकमा उपस्थित भए पनि उनले एक शब्द पनि बोलेका थिएनन् ।
संसदीय समितिका बैठकमा बिरलै उपस्थित हुने देउवा संसद्को बैठकमा पनि कम उपस्थित हुने सांसद मध्येका एक हुन् ।
लगातार १० बैठकमा अनुपस्थित भएमा समितिको सदस्यबाट हट्न सक्ने संसद् नियमावलीको व्यवस्थाका कारण देउवा बेलाबखत समितिमा उपस्थित हुने गरेका छन् ।