२३ जेठ २०८३, शनिबार

एनसेल एपमार्फत् अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

बैशाख ५, २०८२
काठमाडौं
एनसेल एपमार्फत् अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेलका ग्राहकले एनसेल एपमार्फत् अब प्रत्येक रू. १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । 

एनसेल एपमार्फत रू. १०० देखि रू. २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यस्तै, रू. २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनका लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू नहुने कम्पनीले जनाएको छ । 

यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकहरूले एनसेल एपमार्फत् एपमा उपलब्ध विविध सेवा, सुविधा उपयोग गरि त्यसको फाइदा लिन सक्छन् । 

ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलको रूपमा स्थापित भएको छ । एनसेल एप ग्राहकहरूको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।

एनसेल एपमार्फत् प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरू, सधैं अन रिन्यूअल प्याकहरू लिन, अनलाइन रिचार्ज गर्न सक्छन् । आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । 

एनसेलका अनुसार ग्राहकले प्याकहरू उपहारको रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधा उपयोग गर्न सक्छन् ।

अन्य उपलब्ध सुविधामा अनलाइन तथा अफलाइन गेम, अनलाइन समाचारको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवा समावेश छन् ।

विभिन्न उद्देश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो । जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ ।

एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्