०३ साउन २०८३, आइतबार

शिक्षकपछि निजामती कर्मचारी आन्दोलनको तयारीमा, ज्ञापनपत्रपछि संसदीय समितिबाहिर धर्ना

बैशाख ५, २०८२
काठमाडौं
शिक्षकपछि निजामती कर्मचारी आन्दोलनको तयारीमा, ज्ञापनपत्रपछि संसदीय समितिबाहिर धर्ना

संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राख्दै कर्मचारी सम्बद्ध विभिन्न संगठनले आन्दोलनको चेतावनी दिएका छन् । 

संयुक्त ट्रेड युनियन सञ्जालले शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, कानून मन्त्री अजयकुमार चौरसिया लगायतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

संघीय निजामती विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिको बैठकमा छलफल हुनुअघि उनीहरूले सभापति लगायतलाई ज्ञापनपत्र बुझाएका हुन् । 

समिति बैठकमा सहभागी हुन आएका मुख्यसचिव एकनारायण अर्याललाई पनि उनीहरूले बाटोमै ज्ञापनपत्र बुझाएका छन् । 

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले तत्काल ऐन जारी गर्न ४ बुँदे ज्ञापनपत्र बुझाइएको बताइन् । ज्ञापनपत्र बुझाएपछि उनीहरू सिंहदरवारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षबाहिर धर्ना बसेका छन् । 

ज्ञापनपत्र बुझ्दै सभापति खतडिवाले जतिसक्दो छिटो विधेयक पारित गर्ने प्रतिबद्धता जनाए । 

यो पनि पढ्नुहोस्- शिक्षक आन्दोलनबारे प्रवक्ता- सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्याउन खोजेको हो ?

उपसमितिले सहमति गरेको विधेयकमाथि शुक्रबारदेखि समितिमा छलफल शुरू भएको छ । विभिन्न माग राखी शिक्षकहरू पनि काठमाडौंमा १७ दिनदेखि आन्दोलन गरिरहेका छन् । 

शिक्षकको आन्दोलन र कर्मचारीले आन्दोलन तयारी गरेकोप्रति लक्षित गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राज्यका सबै निकाय आन्दोलनमा उत्रिएर सरकारलाई अप्ठेरो पार्न खोजेको आरोप लगाएका थिए । 

‘हुँदाहुँदा शिक्षकको आन्दोलन देखेर निजामतीले पनि आन्दोलन गर्छौं भनिरहेका छन् । निजामती नै आन्दोलनमा गए शासन व्यवस्था के हुन्छ ? सरकारका सेनामेना सबै आन्दोलनमा जाने ? हामीले (आन्दोलनरत पक्ष) राजतन्त्र ल्याउन खोजेको हो त, सरकारलाई अप्ठेरो पारेर ?’, मन्त्री गुरुङले बुधबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

उनले त्यसको भनेको तीन दिनपछि निजामती कर्मचारीहरू आन्दोलनको चेतावनी दिएका हुन् ।

nullnull
 

salt training

कमेन्ट गर्नुहोस्