
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आयोजना हुने आदिवासी जनजातिहरूका मुद्दासम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको चौबीसौं सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन उनी आज शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले यही वैशाख ८ देखि १९ अर्थात् अप्रिल २१ देखि मे २ तारिखसम्म आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउनेछन् ।
उनी यही वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ ।
यूएन–पीएफआईआई विश्वभरका आदिवासी जनजातिहरूको अधिकार र सरोकारवालाहरूलाई सम्बोधन गर्ने संयुक्त राष्ट्र संघभित्रको एक शक्तिशाली निकाय हो ।
यसले आदिवासी जनजातिसँग सम्बन्धित मुद्दाहरूका लागि संयुक्त राष्ट्र संघको प्रणालीभित्र समन्वयकारी निकायको रुपमा काम गर्दै आएको छ ।