०७ असार २०८३, आइतबार

मुख्यमन्त्री कँडेलको दाबी- ​दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद मन्त्रालयकै कारण रोकियो

बैशाख ५, २०८२
सुर्खेत
मुख्यमन्त्री कँडेलको दाबी- ​दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद मन्त्रालयकै कारण रोकियो

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय सरकारकै कारण स्थगित भएको दाबी गरेका छन् ।

खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरूसँगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्ट पारे ।​

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो ।​​

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटकपटक​ सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरी काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको मुख्यमन्त्री कँडेलले बताए ।

प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताका लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको पनि मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्