२७ जेठ २०८३, बुधबार

जीतपुरसिमरा​बाट ११ किलो गाँजा बरामद

बैशाख ५, २०८२
बारा
जीतपुरसिमरा​बाट ११ किलो गाँजा बरामद

बाराको जीतपुरसिमरा​बाट ११ किलो गाँजा बरामद भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका- २१ बाट करिब ११ किलो ५१ ग्राम गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीलाई देख्नासाथ ना ४१ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू मोटरसाइकल छाडेर फरार भएका थिए ।​​

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्