१४ असार २०८३, आइतबार

वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्नेमा गगन थापाको जोड

बैशाख ५, २०८२
काठमाडौं
वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्नेमा गगन थापाको जोड

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका हुन् । 

महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्नुका साथै रोजगारीको अवसरसमेत गुम्दै गएको बताए । 

पूर्वमन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्