२८ जेठ २०८३, बिहीबार

हमासको सशस्त्र शाखाद्वारा बन्धकलाई जीवित देखाउने भिडियो सार्वजनिक

बैशाख ६, २०८२
काठमाडौं
हमासको सशस्त्र शाखाद्वारा बन्धकलाई जीवित देखाउने भिडियो सार्वजनिक

हमासको सशस्त्र शाखाले शनिबार गाजामा जीवित इजरायली बन्धक हिब्रू भाषामा टेलिफोनमा कुरा गरिरहेको भिडियो जारी गरेको छ ।

इजरायली मिडियाले उनलाई एल्काना बोहबोटका रूपमा पहिचान गरेको छ । उनलाई हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा दक्षिणी इजरायलको एउटा सङ्गीत महोत्सवको स्थलबाट अपहरण गरिएको थियो । हमासको उक्त आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो ।

इजेदिन अल–कसम ब्रिगेडले जारी गरेको चार मिनेटभन्दा बढीको क्लिपमा उनी सानो कोठामा बसेर साथी र परिवारका केही सदस्यहरूसँग कुरा गरिरहेको देखिन्छ ।

यस्तो कल वास्तवमा भएको हो कि होइन भनेर पुष्टि हुन सकेन र एएफपीले भिडियो कहिले खिचिएको थियो भनेर प्रमाणित गर्न सकेन ।

फुटेजमा बोहबोटले ल्यान्डलाइन टेलिफोनमा कुरा गरेको देखिन्छ, जसमा उनले एक साथीलाई आफ्नी श्रीमतीलाई ह्वाइट हाउसमा लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आग्रह गरेको देखिन्छ ।

हालैका हप्ताहरूमा बोहबोटको यो तेस्रो यस्तो भिडियो हो । अघिल्लो क्लिप मार्चको अन्त्यमा जारी गरिएको थियो । त्यस भिडियोमा उनले इजरायली सरकारलाई आफ्नो स्वतन्त्रता सुनिश्चित गर्न अनुरोध गरेका थिए ।

सन् २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका दुई सय ५१ जना मध्ये ५८ जना गाजामा बन्दी बनाइएका छन् । तिनमा ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्