०२ साउन २०८३, शनिबार
राजावादी आन्दोलन

राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा

बैशाख ७, २०८२
काठमाडौं
राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा

राजसंस्था पुनःस्थापनालगायत विभिन्न माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंमा प्रदर्शन गर्दैछ । 

काठमाडौंको बिजुलीबजार क्षेत्रमा मध्याह्न १२ बजेपछि प्रदर्शन गर्न लागिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शनको तयारी गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू प्रदर्शनमा सहभागी हुँदैछन् । 

राप्रपाको आन्दोलनलाई डा. जगमान गुरूङ नेतृत्वको राजसंस्थ र सनातन हिन्दू राष्ट्र स्थापना संघर्ष समितिले समेत समर्थन गर्ने जनाएको छ । 

यसअघि चैत्र २७ गते राप्रपालाई सभाका लागि बल्खुमा स्थान दिइएको थियो । राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको आन्दोलन आइतबार बिहान सारिएको थियो ।

शुरूमै निषेधित क्षेत्र तोड्ने दाबी गरिएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्