
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सिंहदरबारभित्रै पम्प्लेट प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी हुन संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा नेताहरूले सिंहदरबारभित्रै पम्प्लेट प्रदर्शन गरेका हुन् ।
पम्प्लेटमा तीनकुने घटनामा पक्राउ परेका नेताहरूको रिहाइलगायत माग राखिएको थियो ।
तत्कालै प्रहरीले उनीहरूको हातबाट पम्प्लेट थुतेको थियो ।

यसअघि राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतले आफूहरूलाई संसदीय दलको कार्यालयमै रोकिएको बताएका थिए ।
४ सांसद संसदीय दलको कार्यालयबाट निस्किन नपाएको खबर बाहिरिएपछि अध्यक्ष लिङ्देन पनि कार्यालयमा पुगेका थिए ।
त्यसपछि बाहिरिने क्रममा सिंहदरबारभित्रै पम्प्लेट प्रदर्शन गरिएको हो ।








