
साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।
आइतबार नेप्से परिसूचक १६.६८ अङ्कले घटेर २७०६.०४ को विन्दुमा कायम भएको हो ।
यस दिन बजारमा २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयरको खरिद बिक्री हुँदा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स र कर्पोरेट डेभलपमेन्ट बैङ्कका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
त्यस्तै, हिमालयन पावर पार्टनर, बलेफी हाइड्रोपावर र सप्तकोसी डेभलपमेन्ट बैङ्कका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
राधी विद्युत् कम्पनी कारोबार रकमका आधारमा ८६ करोड ७६ लाख ९७ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।