२३ जेठ २०८३, शनिबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मवारी डा.धामीलाई

बैशाख ८, २०८२
काठमाडौं
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मवारी डा.धामीलाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा. डबलबहादुर धामी नियुक्त भएका छन् । 

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा. धामीलाई दिएको प्रतिष्ठानले जनाएको । 

प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहेका डा. धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सञ्चालन गर्ने अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।     
     
यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्