ताप्लेजुङको फुङलिङ नगरपालिकाको तेर्छेमा गुडिरहेको जीपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ।
पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा अन्य दुई जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्याइएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार फुङलिङ नगरपालिका-१० स्थित सेवारो चोक नजिकै जीपमा करेन्ट लागेको हो ।
घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको उनले बताए ।