२६ असार २०८३, शुक्रबार
ताप्लेजुङ जीप दुर्घटना अपडेट

ललितपुरबाट पाथीभरा दर्शन गर्न गएकी छोरीको मृत्यु, आमाछोरा घाइते

बैशाख ८, २०८२
विराटनगर
ललितपुरबाट पाथीभरा दर्शन गर्न गएकी छोरीको मृत्यु, आमाछोरा घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका-१० मा जीपमा करेन्ट लागेर मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । मृतक चार जना नै पाथीभरा दर्शनका लागि त्यहाँ पुगेका दर्शनार्थी हुन् । 

ताप्लेजुङबाट पाथीभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका-१० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको पोल ढलेर तार मे १ ज ३०११ बोलेरो जीपमा झर्दा दुर्घटना भएको ताप्लेजुङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । 

इन्स्पेक्टर बस्नेतका अनुसार  फुङलिङ नगरपालिका-१० का जीप चालक अन्दाजी  ४२ वर्षीय दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र उनका श्रीमान् ७० वर्षीय विनोद पौडेलको घटनास्थलमै मृत्यु भएको हो । 

घाइतेमध्ये ललितपुरकी ४५ वर्षीया सविना आचार्यको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  सविनाकै छोरा १० वर्षीय अभियम आचार्य भने बोल्न सक्ने अवस्थामा छन् ।

कुहिरो लागेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ‘बाक्लो कुहिरो लागेको छ’, प्रहरी निरीक्षक बस्नतेले भने, ‘पोल ढलेको नदेखेपछि दुर्घटना भएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्