०९ असार २०८३, मंगलबार

३ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनमा अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख ८, २०८२
काठमाडौं
३ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनमा अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारका अमिन दिनेशप्रसाद यादवविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले उनकी श्रीमती अमृताकुमारी यादवलाई पनि प्रतिवादी बनाएको छ । 

साथै यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नो श्रीमती अमृताको नाममा राखेको पाइएपछि उनकी श्रीमतीलाई पनि प्रतिवादी कायम गरिएको छ ।

यादवले नियुक्ति पाएको २०६३ भदौ ८ गतेदेखि अनुसन्धान अवधि २०८१ असर ३० गतेसम्म उनको तथा उनकी  श्रीमतीसमेतको कुल वैध आय २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ मात्र पाइएको छ ।

तर, उक्त अवधिसम्म उनीहरूको कुल व्यय ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ मात्र देखिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्