३१ जेठ २०८३, आइतबार

वनकरिया र चेपाङलाई शैक्षिक सामग्री वितरण

बैशाख ८, २०८२
काठमाडौं
वनकरिया र चेपाङलाई शैक्षिक सामग्री वितरण
फाइल फोटो

लोपोन्मुख जाति वनकरिया र चेपाङका ४७ बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।

अमेरिकी सहयोगी संस्था ‘माद्रे’को सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले कक्षा १ देखि ८ सम्म अध्ययनरत  बालबालिकालाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसेधापमा आयोजित कार्यक्रममा सो वडाका वडाअध्यक्ष प्रकाश थापाले वनकरिया जातिका २२ तथा चेपाङ २५ बालबालिकालाई पोसाक, जुत्ता, झोला र स्टेशनरी सामग्री वितरण गरे ।

यस्तै विद्यालयमा अध्ययनरत वनकरिया जातिका ५१  बालबालिकालाई कापी, डट्पेन, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका फिल्ड संयोजक सनिला लामाले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्