३१ जेठ २०८३, आइतबार

अधुरा योजनाको प्रगति निराशाजनक, मुख्यमन्त्री कँडेलले गरे निर्माण व्यवसायीसँग छलफल

बैशाख ८, २०८२
सुर्खेत
अधुरा योजनाको प्रगति निराशाजनक, मुख्यमन्त्री कँडेलले गरे निर्माण व्यवसायीसँग छलफल
फाइल फोटो

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका निर्माण व्यवसायीसँग छलफल गरेका छन् । 

प्रदेशका दश जिल्लामा वषौंदेखि अधुरा रहेका योजनाको प्रगति निराशाजनक देखिएपछि उनले आज निर्माण व्यवसायीसँग छलफल गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले प्रदेशका पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, जिल्लास्थित कार्यालय प्रमुखसहित निर्माण व्यवसायीसँग छलफल गरेका हुन् ।

ठेक्का लिएर वर्षौंसम्म योजना अधुरै छाड्ने कार्य उचित नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले काम नगर्ने भए ठाउँ खाली गर्न व्यवसायीसँग आग्रह गरे ।

मन्त्री बुढाका अनुसार कर्णाली प्रदेशका विभिन्न ठाउँमा ३५ योजना अधुरै अवस्थामा छन् । ठूला आयोजना अधुरै रहँदा प्रदेशको विकास निर्माणमा बाधा पुगेकाले सरोकारवाला सबैलाई एकै ठाउँमा राखेर छलफल गरिएको उनले बताए ।

मुख्यमन्त्री कँडेलले चालू आर्थिक वर्षको समय अझै बाँकी रहेकाले तीव्र गतिमा काम गर्न व्यवसायीसँग आग्रह गरे ।

प्रदेश सरकार निर्माण व्यवसायीलाई परेको मर्का र समस्या हल गर्न तयार रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्