
दाङको तुलसीपुरमा आफैंले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– ७ मोतिपुर निवासी ८३ वर्षका नारायण आचार्यको आफ्नै घरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
उनले आफैं गोली हानेर आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
आचार्यले लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए ।
हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।