०८ असार २०८३, सोमबार

गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

बैशाख ८, २०८२
काठमाडौं
गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको हो । 

आज एक कार्यक्रमका बीच यस कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकमा प्रविष्ट हुने योजनाको प्राथमिकता निर्धारण र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गरे । 

 प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्न सहज हुने गरी योजना बैंक सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्